स्वास्थ्य मन्त्रालयले माग्यो सबै स्वास्थ्यकर्मीको विवरण
काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोगको उपचारमा थप जनशक्ति आवश्यक पर्ने भएकाले सबै स्वास्थ्य परिषद्लाई स्वास्थ्यकर्मीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ । मन्त्रालयले नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल, नेपाल फार्मेसी काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई चिकित्सक, नर्स, अहेव, एचए, ल्याब, रेडियोग्राफर लगायत दर्ता भएका सबै स्वास्थ्यकर्मीको विशेषज्ञता सहितको नामावली पठाउन पत्राचार गरेको हो ।
मन्त्रालयले कोरोना उपचारमा आवश्यकता अनुसार परिषद्ममा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्नेछ । मन्त्रालयले अवकाश प्राप्त तथा छात्रबृतिमा अध्ययनरत चिकित्सकहरुलाई पनि कोरोना उपचारमा परिचालन गर्ने तयारी गरेको छ । मन्त्रालयले काउन्सिलमा दर्ता भएका स्वदेश तथा विदेश र सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत नामावली प्रदेश अनुसार छुट्टाछुट्टै विवरण मागेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत