उच्चस्तरीय समितिद्वारा उपत्यका बाहिर जान दिने निर्णय रद्द
अ +
अ -
काठमाडौं, २७ चैत । सरकारले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द गरेको छ । यसअघि आजै रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरुको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जाने निर्णय गरेको थियो । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरीय समितिले तत्काल यो निर्णण उपयुक्त नहुने विश्लेषण भएपछि स्थगित गरेको हो ।
लकडाउनको बेला मानिसहरू हिँडेरै टाढा–टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत