बीपी कोइराला प्रतिष्ठानकाे उपकुलपतिमा प्रा.डा. ज्ञानेन्द्र गिरी नियुक्त
अ +
अ -
काठमाडौं, २७ चैत । सरकारले बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा प्रा. डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेकाे छ । प्रतिष्ठानकाे सहकुलपति तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसको आधारमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गिरिलाइ नियुक्त गर्नुभएको हो।
प्रतिष्ठानका सहकुलपति तथा मन्त्री ढकालको संयोजकत्वमा तीन सदस्य उपकुलपति सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । साे समितिले डा गिरी, प्रतिष्ठानका कार्यबाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र प्रतिष्ठानकै प्रा.डा. सन्जिव शर्माकाे नाम सिफारिस गरिएको थियो। समितिमा योजना आयोगका शिक्षा, स्वास्थ्य हेर्ने सदस्य डा. उषा झा र अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत