विश्वका २१२ वटा देशमा फैलियो कोरोना संक्रमण, १५ लाख संक्रमित
अ +
अ -
काठमाडौं, २७ चैत । विश्वका २ सय १२ वटा देशमा कोरोना भाइरस रोगको संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहानसम्म विश्वका १३ लाख ९५ हजार १ सय ३६ जना संक्रमणमा परेका छन् भने ८१ हजार ५ सय ८० जनाको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या १५ लाख पुगेको छ भने अमेरिका र बेलायतमा दिनहुँ धेरै संख्यामा संक्रमितको मृत्यु भइरहेको छ । संक्रमण ह्वात्तै बढे पनि दक्षिण कोरिया र न्यूजिल्याडमा लकडाउन, परीक्षण, निगरानी र क्वारेन्टाइनको उच्चतम व्यवस्थाले संक्रमण नियन्त्रणमा ल्याउन सफल भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत