चीनको शैलीमा अस्पताल बनाउँदै जनार्दन शर्मा, १० दिनमा तयार हुने
अ +
अ -
काठमाडौं, २६ चैत । नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा रुकुममा आइसोलेसन भवन निर्माणमा लाग्नुभएको छ । कोरोना उपचारमा अत्यावश्यक पर्ने पीपीई सहित स्वास्थ्य सामग्री सहित रुकुम पुग्नुभएका नेता शर्मा भवन निर्माणका लागि आफू पनि अरु स्थानियहरु सँगसँगै काम गरिरहनु भएको छ । १० दिनमा सकाउन दिनरात काम भइरहेको छ ।
संक्रमण बढेमा आइसोलेसन बेडको अभाव हुने भएपछि नेता शर्मा आफैं गिट्टी, बालुवा बोकेर श्रमदान गरिरहनुभएको छ । उहाँले ३० घण्टामा अस्पतालको डीपीसी गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । श्रम सहकारीद्वारा आठबीसकोट नगरपालिकामा १० दिनभित्र ८ कोठे अस्पताल बनाउन लागिएको हो ।
हेर्नुहाेस् भिडियोमाः
हेल्थपाटी
तपाईँको अभिमत