लकडाउनमा सहकारी पसल शुरु, खाद्यन्नको अभाव हुन नदिने
काठमाडौं, २६ चैत । मकवानपुरको थाहानगरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी पसल शुरु गरेको छ । थाहा नगरपालिकाका मेयर लबशेष बिष्टले सहकारी पसलको उद्घाटन गर्दै नागरिकलाई खाद्यन्नको अभाव हुन नदिने बताउनुभयो । ताजा तरकारी उत्पादनमा प्रख्यात उत्तरी मकवानपुरमा खाद्य सुरक्षा अभिबृद्दि गर्न सहकारीले अति आवश्यक खाद्य वस्तुहरु खरिद गरेर सुपथ मुल्यमा विक्रि वितरणको व्यवस्था गरेको हो ।
नगरमा अति आवश्यक खाद्यवस्तुको अभाव हुन नदिन नगरपालिकाले सहकारीलाई सहकारी पसल सेवा शुरु गर्न अनुरोध गरेको थियो । लकडाउन सुरु भएपछि सहकारीले आफ्नो सदस्यहरुलाई सेनिटाइजर उत्पादन गर्ने तालिम दिई सेनेटाइजर बिक्रि वितरण गरिरहेको छ । कोरोना भाइरस रोग संक्रमणका कारण उत्पन्न संकट न्यूनीकरण अभियानमा संस्थाकाे व्यवस्थापन समितिका साथै संस्थापक अध्यक्ष विष्णुहरी ढकाल, लेखा समितिका संयोजक अच्यूतमप्रसाद ढकाल, निवर्तमान अध्यक्ष बिमलकुमार ढकाल, निवर्तमान उपाध्यक्ष सानाेभाइ कार्की सक्रिय हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत