विश्व स्वास्थ्य संगठनले भन्यो यी दुई टेस्ट मार्फत कोरोनाको परीक्षण गर्न सकिन्छ
काठमाडौं, २६ चैत । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आपत्कालिन अवस्थामा रोग निदानका लागि दुई किसिमको टेस्ट मार्फत कोरोना भाइरस रोग(कोभिड नाइन्टिन)को परीक्षण गर्न सकिने बताएको छ । डब्ल्यूएचओले पीसीआर (genesig Real-Time PCR Coronavirus ,COVID-19) र कोबास सार्स कोभिड टु (cobas SARS-CoV-2) किट मार्फत महामारीको आपतकालिन अवस्थामा धेरै भन्दा धेरैको परीक्षण परीक्षण गर्न सकिने बताएको छ ।
डब्ल्यूएचओका मेडिसिन र स्वास्थ्य उत्पादन विभागका सहायक निर्देशक डा. मारीयंगलाले महामारीको समयमा यी दुई टेस्ट मार्फत परीक्षण गर्दा रोगको गुणस्तरीय निदानका साथै धेरै जनाको परीक्षण गर्न सहयोग पुग्ने बताउनुभयो । पीसीआर टेस्ट बेलायत र कोबास सार्स कोभिड टु किट अमेरिकाको उत्पादन हो । यी दुबै टेस्ट भिटो डायग्नोष्टिका लागि प्रयोग गरिन्छ । यसबाट व्यक्तिमा भएका रोगका बारेमा निदान गर्न सकिन्छ र टेस्ट किटको आपूर्ति संयुक्त राष्टसंघ र अन्य तोकिएका एजेन्सीले गर्ने जनाइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत