अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दियो यस्तो चेतावनी
अ +
अ -
काठमाडौं, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले संगठनले कोरोना भाइरस रोग संक्रमण नियन्त्रणमा पक्षपात गरी नराम्रो व्यवहार प्रदर्शन गरेको आरोप लगाउनुभयो । उहाँले संगठन चीनतर्फ लागेको आरोप लगाउनुभयो । राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै भन्नुभयो अब अमेरिकाले संगठनलाई पैसा दिनेछैन ।
विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ । अमेरिकामा जोन हप्किन्स विश्व विद्यालयले मंगलबार १८ सय ५८ जनाको मृत्यु भएको जानकारी गराएको थियो । यो सँगै अमेरिकामा ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ४ लाख मानिसमा संक्रमण भएको छ ।
एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत