१६७ जनाको कोरोना रिपोर्ट आउन बाँकी, नमुना संकलन जारी
काठमाडौं, २५ चैत । नेपालमा कोरोना संक्रमण देखिएदेखि हालसम्म २ हजार बढी शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिएको छ । करिब ३ महिनाको अन्तरालमा नेपालमा २ हजार १ सय २२ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न १० स्थानबाट गरिएको नमुना परीक्षणमा १ सय ६७ जनाको रिपोर्ट आउन बाँकी छ । बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८, जनकपुर प्रादेशिक अस्पतालमा १६, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४३, सुर्खेत प्रादेशिक अस्पतालमा २२, सेती प्रादेशिक अस्पताल धनगढीमा २५, हेटौडामा १५, भैरहवामा १५ र चितवनमा १३ गरि जम्मा १ सय ६७ जनाको रिपोर्ट आउन बाँकी छ ।
कञ्चनपुर र कैलालीमा पीसीआर र र्यापिड किट टेस्ट दुवै विधि मार्फत नमुना परीक्षण भइरहेको छ भने जुम्ला र अछाममा विदेशबाट आएकाहरुको स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको छ । हालसम्म राष्ट्रिय प्रयोगशालामा १७ सय ९६ जनाको नमुना परीक्षण गरिएको छ भने काठमाडौं बाहिर विभिन्न स्थानमा ३ सय २६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
तपाईँको अभिमत