जापानमा कोरोना संक्रमण बढेपछि आपत्कालको घोषणा
काठमाडौं, २५ चैत । जापानमा कोरोना भाइरस रोग संक्रमण बढ्दै गएपछि एक महिनाका लागि आपत्कालको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री शिन्जो अबेले दिनदिनै नयाँ संक्रमणका केस बढ्दै गएपछि एक महिनाका लागि आपत्कालको घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीको यो घोषणासँगै टोकियाे, ओशाका, ह्योगो साईतामा, इबाराकी र फुकुवकाका करिब १ करोड मानिस प्रभावित हुनेछन् ।
स्वास्थ्यकर्मीको दृढ आत्मविश्वास र साहसको प्रशंशा गर्दै आपत्कालको घोषणा गर्नुभएका प्रधानमन्त्री अबेले स्वास्थ्यकर्मीको सुविधामा केही कमी नहुने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरु उच्च जोखिम मोल्दै कोरोना उपचार र रोकथाम अभियानमा जुटेकोमा सम्मान व्यक्त गर्दै अझै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री अबेले विज्ञहरुले व्यक्ति व्यक्ति बीचको दुरी कायम रहेमा २ हप्तामा संक्रमण घट्ने सुझाएकाले आफूले यस्तो कदम लिनु परेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अपिल गर्नुभयो । उहाँले ९९० बिलियन डलर बराबरको आर्थिक प्याकेजको पनि घोषणा गर्नुभयो ।
जापानमा ४ हजारभन्दा बढि मानिस कोरोनाको संक्रमणमा परेका छन् भने ९२ जना भन्दा बढीको मृत्यु भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी
हेल्थपाटी 
तपाईँको अभिमत