ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ
काठमाडौं २५ चैत । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा प्रहरीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।
५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयामा बिक्री गरी कालोबजारी गरेको आरापेमा अग्रवाललाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ ।
शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीको अपराध महाशाखाले अग्रवाललाई प्रक्राउ गरेको हो ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए ।
तपाईँको अभिमत