युएईमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु, ११ संक्रमित
काठमाडौँ, २४ चैत । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उहाँ १० वर्षदेखि दुबईमा कार्यरत हुनुहुन्थ्यो । मृत्यु हुनेमा देवदह–६ बुटवलकी महिला रहनुभएको नेपाल कम्युनिष्ट पार्टी प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाइँले जानकारी दिनुभयो । महिला कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको छ । युएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाली संक्रमितको संख्या ११ पुगेको छ । तीमध्ये दुई जनालाई निको भइसकेको छ । युएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ६७ जनालाई निको भइसकेको छ भने ११ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत