कोरोना नियन्त्रण अभियानमा खट्ने महिला स्वास्थ्य स्वयंसेविकालाई १५ सय भत्ता
अ +
अ -
काठमाडौं,२४ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकको लागि प्रोत्साहन रुवरुप १ हजार ५ सय रुपैयाँ भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिदै १ हजार ५ सय रुपिया भत्ता दिने निर्णय गरेको हो ।
हिजो बसेको कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय बैठकले देशभर रहेका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई कोरोना नियन्त्रण अभियानमा खटाउने निर्णय गरेको थियो ।
तपाईँको अभिमत