भारतीय रेल अस्पतालमा परिणत (फोटो फिचर)
१ सय ६७ वर्षमा पहिलो पटक रेल सेवा ठप्प

काठमाडौं,२४ चैत । कोरोना भाइरस रोगको संक्रमण नियन्त्रणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ मा राष्ट्रिय लकडाउनको घोषणा गर्नुभएसंगै अप्रिल १४ सम्म सम्पूर्ण रेल सेवा बन्द गरीयो । १ सय ६७ वर्षमा पहिलो पटक एसियाको सबैभन्दा पुरानो भारतीय रेलवे सेवा बन्द भएको छ । भारतीय रेलवे विश्वको चौथो ठुलो रेल सेवा र भारतको सबैभन्दा ठुलो रोजगारदाता हो । कोरोना संक्रमण बढ्दै गएपछि रेलवे सेवाले आफ्नो २० हजार पुराना क्यारिजेजलाई आइसोलेसन वार्डमा परिणत गर्ने निर्णय गरेको छ ।
यो निर्णय गरेलगत्तै १ सय २५ वटा रेललाई कोरोना उपचारका लागि अस्पतालमा परिणत गरिसकेको र थप आइसोलेशन वार्ड तथा मोवाइल बेडको व्यवस्थाका लागि काम सुरु गरिएको छ । यसका लागि रेल सफा गर्नुका साथै बिरामीलाई सहज वातावरणमा वस्ने व्यवस्थाका लागि प्रशाशन अहोरात्र खटिरहेका छन् । संक्रमणको संख्या बढ्दै जादा अस्पतालहरुमा बेडको अभाव खट्किएको अवस्थामा रेलमा गरिएको यो व्यवस्थाले उपचारमा सहयोग पुग्ने रेलमन्त्री पियुष गोयलले ट्वीट मार्फत विश्वास व्यक्त गर्नुभएको छ ।
रेलवे बोर्डका सुचना तथा जनसञ्चार प्रमुख राजेश दत्त बाज्पाईले पहिलो चरणमा ५ हजार आइसोलेशन वार्डको निर्माण गरिने र यो काम आज रातभरमा सकिने र आवश्यकता अनुसार अन्य क्यारिजेजलाई ४८ घण्टा भित्र आइसोलेशनमा परिणत गर्न सकिने बताउनुभयो ।
रेलवे प्रमुखहरुले १६ वटा रेलवे क्षेत्रका रेललाई एयर कण्डिस्नर सहित बिरामीलाई सहज रुपमा बस्न मिल्ने बातावरण सहित आकस्मिक अवस्थामा पनि प्रयोग गर्न मिल्ने खालको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
एउटा क्यारिजेजमा १६ जना बिरामी सहित नर्स र चिकित्सक छुट्टै बस्न मिल्ने बनाइएको छ भने मेडिकल सामग्री राख्न मिल्दछ । स्थानिय स्वास्थ्य अधिकारीहरुले रेलमा बिरामीको सेवाका लागि सरकराी चिकित्सक, नर्स, पारामेडिक्स अरु सहयोगीलाई खटाउनेछन् ।
भारतमा अन्य समयमा ७ हजार ३ सय ४९ रे स्टेशन मार्फत लामो तथा छोटो दुरीमा गरि दैनिक २० हजार भन्दा बढी रेल चल्ने गर्दथे । सीएनएन बाट।





तपाईँको अभिमत