युवा नेता कुमार पाण्डेद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्न व्यवसायी तथा नेकपाका युवा नेता कुमार पाण्डेले धादिङको गल्छी, थाक्रे गाउँपालिका तथा धुनिबेशी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेकपाका युवा नेता पाण्डेले सोमबार तीनवटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले ती स्थानीय तहको लागि १० थान पीपीई, २० लिटर सेनिटाइजर, ५ सय थान ग्लोब्स (पञ्जा) र २ सय थान हेड क्याप सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो ।
नेता पाण्डेले कोरोनाको संक्रमणले आक्रान्त भएको अवस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले आफ्नो गाउँमा र स्थानीय स्तरमा स्वास्थ्य सामग्रीको अभाव नहोस भन्ने उद्देश्यले आफूले सहयोग गरेको बताउनुभयो । उहाँले आफूले गरेको सहयोग पर्याप्त नभए पनि मैले गरेकाे सहयाेग नै पर्याप्त हाेइन तर पनि अन्य साथीभाइ, राजनीतिक दलका नेता, व्यवसायीले पनि आफ्नाे ठाउँलाई सम्झने हाे भने आइपर्ने समस्यालाई समाधान गर्न सहज हुने पाण्डेले बताउनुभयो । युवा नेता पाण्डे धुनिवेशी नगरपालिकाका स्थानीय बासिन्दा हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत