कोरोना उपचारको अग्रपंक्तिमा नेपाली सेना
काठमाडौ,२३ चैत । सरकारले कोरोना भाइरस रोग विरुद्ध ५० हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्न लागेको छ । आइतबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले देशैभरका ५० हजारभन्दा बढी ग्रामीण स्वयंसेविकाकालाई कोरोना विरुद्ध रोकथामका लागि खटाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य स्वयंसेविकाहरुलाई भत्ता र बीमाको व्यवस्था सहित कोरोना रोकथाममा खटाउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी बैठकले कोरोना संक्रमित बिरामीलााई ल्याउनेदेखि पुर्याउनेसम्मको प्रतक्ष टिममा नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले काम गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि ’जीटुजी’ र निजी क्षेत्रबाट तथा सोझै खरिद गर्ने बाटो खुल्ला राख्ने विषयलाई थप प्रस्ट्याइको छ । बैठकले अहिले उपयोग भएका क्वारेन्टाइन र राहत वितरण मापदण्डलाई परिमार्जन गर्ने निर्णय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत