सूदुरपश्चिममा अनिवार्य २१ दिनसम्म क्वारेनटाइनमा बस्नैपर्ने
काठमाडौं,२३ चैत । सुदूरपश्चिम प्रदेश सरकारले भारत लगायत अन्य देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा २१ दिनसम्म क्वारेनटाइमा बस्नुपर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतवार सुदूरपश्चिमबासीलाई सम्बोधन गर्दै कोरोना भाइरस कोभिड १९ फैलिन नदिन विदेशबाट आएका व्यक्तिलाइ अनिवार्य रुपमा २१ दिनसम्म क्वारेनटाइनमा बस्न आग्रह गर्नुभयो ।मुख्यमन्त्री भट्टले विदेशबाट आएकाहरुसंग सम्पर्कमा आएका व्यक्तिलाई पनि अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने बताउनुभयो ।
कोरोना रोकथाम गर्न देशमा लकडाउन गरिएकोले त्यसको पालना गर्दै आफू, परिवार र समाजलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । मुख्यमन्त्री भट्टले केन्द्र सरकार र स्थानीय सरकारसंगको सहकार्यमा कोरोना संक्रमणलाई रोकथाम गरिने बताउनुभयो । उहाँले परिक्षण तथा उपचारको व्यवस्थापनका लागि पनि सहकार्यको आवस्यकता रहेको भन्दै स्थानीय र संघसंग समन्वय गरिने बताउनुभयो । विदेशबाट आएकालाई क्वारेन्टाइन बनाइसकेको भन्दै रोकथामका लागि ४० करोडको राहत कोष स्थापना गरिएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत