उच्च ज्वरोले महिलाको निधन, कोरोना परीक्षण गर्न पठाइयो
काठमाडौं,२३ चैत । धुलिखेल अस्पतालमा अत्यधिक उच्च ज्वरोको कारण एक महिलाको निधन भएको छ । पनौती नगरपालिका १२ स्थित कलाती भूमिडाँडाकी ४८ वर्षीया मधुमाया तामाङको उच्च ज्वरोको कारण मृत्यु भएको हो । तामाङलाई आज बिहान करिब पौने ९ बजेतिर अस्पताल ल्याइएको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमै उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका निर्देशक डा. रमेश रमेश मकाजुले उच्च ज्वरोको कारण एक महिलाको निधन भएको जानकारी दिदै उक्त महिलाको कोरोना परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिनुभयो । उहाँले कोरोना वा अन्य कारणले मृत्यु भएको हो , टेकुबाट रिपोर्ट आइसकेपछि मात्र थाहा हुने जानकारी दिनुभयो । उक्त महिलालार्ई पेट, टाउको दुख्ने र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। महिलाको शव हाल अस्पतालमा नै राखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत