चैत महिनामा विदेशबाट आएका सबैको नमुना परीक्षण हुने
कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा बसिरहेका सबैको नमुना परीक्षण हुने
काठमाडौं,२३ चैत । सरकारले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा बसिरहेका सबैको कोरोना नमुना परीक्षण गर्र्ने भएको छ । बाग्लुङमा संक्रमित व्यक्तिहरुको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गर्ने निर्णय भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले परीक्षणको दायरा बढाएको जानकारी दिदै चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा र्यापिड टेष्ट मार्फत नमुना परीक्षण गर्ने निर्णय भएको जानकारी दिनुभयो । यदी परीक्षणमा पोजेटिभ देखिएमा पीसीआर मेशिन मार्फत पुन परीक्षण गरि निक्र्यौल गरिने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा र्यापिड टेष्ट मार्फत परीक्षण गर्ने निर्णय भएको छ र यसका लागि आजै नै प्रभावित जिल्लामा टोली जाने तयारी भएको छ ।
कैलालीमा स्थानिय संक्रमण देखिएपछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कैलाली,कञ्चनपुर र बाग्लुङमा र्यापिड टेस्ट किट मार्फत नमुना परीक्षण गर्ने निर्णय गरि यसको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । यसअघि क्वारेन्टाइनमा बसेकालाई लक्षण देखिएमा मात्रै नमुना परीक्षण हुँदै आएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत