राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित :कोरोना प्रभाव

फाइल तस्बिर
अ +
अ -
काठमाडौं २३ चैत । राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आर्थिक वर्ष २०७६ ,७७ मा सम्पन्न गर्नपर्ने दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम कोरोना भाइरस रोगको संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो ।
मन्त्रालयले विज्ञप्ती निकालेर आगामी बैशाख ६ र ७ लाई निर्धारण गरिएको राष्ट्रिय भिटामिन ए को कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो । मन्त्रालयले अर्काे सूचना जारी नभएसम्म सातै प्रदेश र ७ सय ५३ वटै स्थानिय निकायमा भिटामिन ए कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ ।

हेल्थपाटी 
तपाईँको अभिमत