नेपाल भित्रै अर्काे व्यक्तिमा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं, २२ चैत । नेपालमा थप तीन जनामा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसवुक पेज मार्फत नयाँ तीन जना संक्रमित फेला परेको जानकारी दिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षका पुरुष र उत्तराखण्डाबाट फर्किएका ४१ वर्षका पुरुष र कैलालीकी ३४ वर्षकी महिलालाई संक्रमणको पुष्टि भएको हो । ३४ वर्षकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त रहेकी छन् । यो संगै पहिलोपटक नेपाल भित्रै अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यसअघि देखिएका संक्रमितहरु कहाँ र कुन अवस्थामा छन् ।
१. बेल्जियबाट कतार हुँदै आउनुभएकी १९ वर्षकी युवतीसंगै बाग्लुङकी ६५ वर्षकी बृद्दालाई संक्रमण भएको चैत २० गते पुष्टि भयो । नेपालमा कोरोना संक्रमणको पुष्टि भएको उहाँ छैठौ र सबैभन्दा बढी उमेरको हुनुन्छ । उहाँ धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ ।
२. बेल्जियबाट कतार हुँदै आउनुभएकी बाग्लुङकी १९ वर्षकी युवतीलाई चैत १५ गते संक्रमणको पुष्टि भएको थियो । उहाँ संक्रमण देखिएको पाचौ व्यक्ति हुनुन्छ । उहाँ पनि सामान्य अवस्थामा धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ ।
३. चैत ७ गते दुबईबाट आउनुभएका धनगढीका ३४ वर्षका युवालाई चैत १४ गते कोरोना संक्रमणको पुष्टि भयो । संक्रमण देखिएको चौथो व्यक्तिमा उहाँ दर्ज हुनुभएको छ । सामान्य अवस्थामा उहाँ धनगढीमा नै उपचाररत हुनुन्छ ।
४. चैत ६ गते दुबईबाट आउनुभएका धादिङका ३२ वर्षका युवालाई चैत १२ गते संक्रमणको पुष्टि भयो । उहाँ अहिले सामान्य अवस्थामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुन्छ भने उहाँ संक्रमण देखिएको तेस्रो व्यक्ति हुनुन्छ ।
५.फ्रान्सबाट कतार हुुँदै आउनुभएकी १९ वर्षकी युवतीलाई चैत १० गते संक्रमणको पुष्टी भएको थियो । उहाँ नेपालमा कोरोना संक्रमण देखिने दोस्रो व्यक्ति हुनुन्छ । घरमा नै क्वारेन्टाइनमा रहेको अवस्थामा लक्षण देखिएपछि नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो र उहाँ अहिले सामान्य अवस्थामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुन्छ ।
६. पुस २४ गते चीनको युहानबाट आउनुभएका २२ वर्षका युवाको स्वाब पुस २९ मा हङकङमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ नेपालमा कोरोना देखिएको व्यक्ति हुनुन्छ । उहाँ निको भएर लक्षण रहित अवस्थामा अढाई महिना अगाडि नै घर गइसक्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत