अमेरिकामा ७ हजार बढीको मृत्यु , २ लाख ७७ हजार संक्रमित
भेन्टिलेटरको अभाव
काठमाडौं,२२ चैत । अमेरिकामा कोरोना भाइरस रोग (कोभिड नाइन्टिन)को संक्रमणबाट पछिल्लो २४ घण्टामा झण्डै १३ सय जनाको मृत्यु भएको छ । यसअघि विश्वमा एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको थिएन । अतिप्रभावित राज्य न्यूयोर्कमा मात्रै मृत्यु हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको छ । त्यहाँ १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
गर्भनर एन्ड्रीउ कुमाले संक्रमितको संख्या बढिरहदा भेन्टिलेटरको अभाव रहेको र यसले उपचारमा कठिनाई भइरहेको भन्दै तत्काल सहयोगका लागि आग्रह गर्नुभएको छ । उहाँले अब पनि भेन्टिलेटरको व्यवस्था गर्न ढिलाई भएमा संकट झनै बढ्ने चेतावनी गर्नुभयो । वल्र्डमिटरका अनुसार अमेरिकामा हालसम्म ७ हजार ४ सय २ जनाको मृत्यु हुनुका साथै २ लाख ७७ हजार ४ सय ६७ जनामा संक्रमणको पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत