उपचारमा बाधा पुर्याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने
काठमाडौं,२१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोग तथा अन्य उपचार सेवामा बाधा पुर्याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई अयोग्य ठहर गर्दै पेशागत लाइसेन्स खारेज गर्ने भएको छ ।
मन्त्रालयले नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल, आयुर्वेद काउन्सिल र स्वास्थ्य व्यवसायी काउन्सिललाई पत्राचार गर्दै विषम परिस्थितिमा उपचारमा बाधा पुर्याउने स्वास्थ्यकर्मीको विवरण संकलन गर्न निर्देशन दिएको छ ।
कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी नहेरेको भन्ने गुनासो आएपछि चेत १९ गते बसेको सचिवस्तरीय बैठकले उपचार सेवामा बाधा उत्पन्न गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको विवरण संकलन गरी छानविन गरेर लाइसेन्स खारेज गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो । 
हेल्थपाटी
तपाईँको अभिमत