पिपिइ अभाव भन्ने, पिपिइ लगाएर फोटोसुट गर्ने !
दुइवटा तस्विर देखाउँछ अभाव होइन चरम दुरुपयोग भएको छ । स्वास्थ्यकर्मी तथा जनप्रतिनीधिहरुले पिपिइ लगाएर फोटो खिचाइरहेकाछन् (माथी)। स्पेनमा फोहोर उठाउने प्लास्टिक बेरेर,प्लाष्टिकले बनेको पिपिइ लगाएर चिकित्सकहरुले कोरोना संक्रमित व्यक्तिको उपचार गरीरहेका छन् ।(तल)
काठमाडौं, २१ चैत । नेपालमा कोरोना भाइरस रोग (कोभिड नाइन्टिन) का संक्रमित बिरामी भेटिएसंगै स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवज (पिपिइ)को चरम अभाब भयो । पिपिइले स्वास्थ्यकर्मीको सुरक्षामै चुनौति थपिएपछि सरकारले पिपिइ खरिद गरी सातवटै प्रदेशमा पुर्यायो । प्रदेशले हरेक जिल्ला अस्पताल, स्वास्थ्य केन्द्रमा समेत पुर्यायो । तर कोरोना संक्रमितहरुको उपचार हुने मुख्य अस्पतालहरुमा अझै पनि पिपिइ अभाव भइरहेको छ । जुन अस्पताल तथा स्वास्थ्यकेन्द्रमा पिपिइ आवस्यकता नै पर्दैन त्यहाँका चिकित्सकहरुले दैनिक पिपिइ लगाएर फोटोसुट गर्ने र सामाजिक सञ्चालमा पोष्ट गर्ने काम तीब्र छ ।
यसलाई पिपिइको अभाव भन्ने कि सहि सदुपयोग हुन सकेन भन्ने ? पछिल्लो समय कालिकोटको एक प्राथमिक स्वास्थ्य केन्द्रमा झण्डै दर्जन बढी स्वास्थ्यकर्मी तथा जनप्रतिनीधिले पिपिइ लगाएको तस्वीर भाइरल बनेको छ । अर्को एउटा फोटो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा कोरोना आशंकित बिरामीको उपचारमा संलग्न चिकित्सकहरु अस्पतालले बनाएको पिपिइ (बाहिर प्लाष्टिक प्रयोग ) गरेको लगाएर बिरामी परीक्षण गरीरहेकाछन् ।
स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको नमुना लिदा सात, आठ जना स्वास्थ्यकर्मीले पिपिइ लगाएर फोटो सामाजिका सञ्चालमा हालेको देखिएको छ ।
यीनै दुइवटा उदाहरणले देखाउँछ कि हामीसंग पिपिइको अभाव होइन चरम दुरुपयोग भएको छ । झन धेरै दुरुपयोग प्रदेश नम्बर दुइमा भइरहेको छ । त्यहाँ स्वास्थ्यकर्मीभन्दा पनि जनप्रतिनीधिहरुले पिपिइ लगाएर फोटो खिचाइरहेकाछन् ।विदेशमा प्लाष्टिकले बनेको पिपिइ प्रयोग यता तस्वीरमा हेर्नुहोसः स्पेनमा नर्मल प्लाष्टिकले बनेको पिपिइ लगाएर चिकित्सकहरुले कोरोना संक्रमित व्यक्तिको उपचार गरीरहेका छन् ।
त्यहाँ दर्जनौं चिकित्सकको पिपिइ अभाव खड्कीएर कोरोनाको उपचार गर्दा गर्दै मृत्यु भएका समाचार बाहिर आइसकेको छन् । स्पेन मात्र कोरोना उपचार गर्दा गर्दै दर्जनौ चिकित्सकको मृत्यु भएको छ । हामी यहाँ स्वास्थ्यकर्मी त परै जाओस जनप्रतिनीधिलाई प्रशस्त पिपिइ दिइरहेका छौं । विश्व स्वास्थ्य संगठन र मेडिकल काउन्सिलले पिपिइ प्रयोगबारे गाइडलाइन बनाएको छ । गाइडलाइन अनुसार पिपिइको प्रयोग हुने हो भने नेपालमा अहिले पिपिइको अभाव छैन, जति अभाव युरोप, अमेरीकामा छ । तर नेपालमा दुरुपयोग भएकै कारण पिपिइको अभाव सिर्जना भएको हो ।
विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलको गाइनलाइनलाई फलो गरेर पिपिइ प्रयोग गर्ने हो भने अभाव नहुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पिपिइको दुरुपयोग बढेको प्रष्ट पारेको छ । मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले स्वास्थ्यकर्मीलाई पिपिइ नभएको बेला अन्य व्यक्तिहरुले दुरुपयोग गरेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलको गाइनलाइनलाई फलो गरेर पिपिइ प्रयोग गर्ने हो भने अभाव हुन नसक्ने दाबी गर्नुभयो । पछिल्ला दिनमा फेसबुक, ट्युटर लगायका सामाजिक सञ्चालमा पिपिइ प्रयोग गरेर गैरस्वास्थ्यकर्मीले फोटो पोष्ट गरीरहेकाछन् जुन कार्य पिपिइको अति दुरुपयोग हो ।
स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको नमुना लिदा सात, आठ जना स्वास्थ्यकर्मीले पिपिइ लगाएर फोटो सामाजिका सञ्चालमा हालेको देखिएको छ । यो पिपिइको दुरुपयोग हो । साँच्चै यस्तै प्रवृत्ति दोहोरियो भने माहामारीको अवस्थामा पिपिइ नपाइ स्वास्थ्यकर्मीलाई जोखिम हुन सक्छ । कस्तो अवस्थामा कुन उपकरण र पिपिइ प्रयोग गर्ने भन्ने ज्ञान न स्वास्थ्यकर्मीलाई छ नत नेता र जनप्रतिनीधिलाई नै । त्यसैले पिपिइको दुरुपयोग रोकी आवश्यकले मात्र प्रयोग गर्ने गरौं । त्यसो गर्दा कहिल्यै पिपिइको अभाव हुने छैन । लेखक गोरखापत्र दैनिकमा स्वास्थ्य पत्रकारको रुपमा कार्यरत हुनुहुन्छ ।
तपाईँको अभिमत