एसियामा चीनपछि कोरियामा संक्रमण बढि,१० हजार नाघ्यो
अ +
अ -
काठमाडौ,२१ चैत । दक्षिण कोरिया एसियामा कोरोना भाइरस संक्रमण अत्याधिक हुने देशमा दोस्रोमा परेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ८६ जना नयाँ संक्रमित थपिएको जानकारी दिएपछि कोरियामा संक्रमितको संख्या १० हजार ६२ पुगेको छ । संक्रमण संख्या १० हजार नाघेपछि एसियामा चीनपछि संक्रमण धेरै हुने देशमा कोरिया दोस्रो भएको छ ।
यद्यपी त्यहाँ संक्रमितको संख्या भने घटिरहेको छ । चीनमा संक्रमणको संख्या ८२ हजार रहेको छ । दक्षिण कोरियामा संक्रमणबाट १ सय ७४ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ६० प्रतिशत निको भएका छन् । एसियमा नेपाल, भारत ,इरान ,जापान ,कतार ,मलेसिया ,फिलिपिन्स , चीन , लगायतका ४८ वटा देश पर्दछन् ।
हेल्थपाटी
तपाईँको अभिमत