अमेरिकामा कोरोना संक्रमणबाट ६ हप्ते शिशुको मृत्यु
काठमाडौं,२० चैत । अमेरिकामा कोरोना भाइरस रोगका कारण ६ हप्ते शिशुको मृत्यु भएको छ । शिशुलाई गत हप्ता कनेक्टिकट राज्यमा अस्पताल भर्ना गरिएको थियो । तर नमुना परीक्षण गर्दा शिशुलाई मंगलबार कोरोनाको पुष्टि भएको थियो । मृत्यु भएका ६ हप्ते शिशुलाई कसरी संक्रमण भयो भन्ने कुरा बाहिर ल्याइएको छैन ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गर्भनर नेद लामन्टले ट्वीटमा लेख्नुभएको छ शिशुको मृत्यु अति नै हृदयबिदारक छ, कोरोनाका कारण संभवत अहिलेसम्म सबैभन्दा कम उमेरमा भएको मृत्यु हो । यसअघि इलिनोइसमा ९ महिनाको शिशुको मृत्यु भएको थियो ।
जोन्स् होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनाको मृत्यु भयो । अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय १६ पुगेको छ भने २ लाख १५ हजार ४ सय १७ जनामा कोरोनाको पुष्टि भइसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत