फिलिपिन्समा लकडाउनमा वाधा पुर्याउनेलाई गोली ठोक्न आदेश
काठमाडौं,२० चैत । फिलिपिन्सका राष्ट्रपति रोडरिगो डुटरटेले लुजन टापूमा लकडाउनको समयमा समस्या निम्त्याउने जो सुकैलाई गोलि हान्न आदेश दिनुभएको छ । बुधबार अबेर राती टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति डुटरटेले भन्नुभयो मेरो आदेश सेना र प्रहरीलाई हो यदी लकडाउनको समयमा तपाईहरुको सुरक्षामा खतरा पुग्ने कुनै पनि गतिविधि भएमा वा कसैले समस्या सृजना गरेमा गोलि ठोक्नुस् ।
सरकारसंग खाद्य सहायताको माग गर्दै प्रदर्शनमा उत्रिएका मनिला क्युजन शहरका २० जना प्रदर्शनकारीलाई प्रक्राउ गरिएपछि राष्ट्रपति डुटरटेले यस्तो आदेश दिनुभएको हो । प्रदर्शनको नेतृत्व लिनुभएकी ४७ वर्षका जोसी लोपेजले प्रक्राउ पर्नुअघि लकडाउनमा आफुहरुले खाद्यन्न नपाएकाले हामी भोकै छौ हामीलाई कसैले सहयोग गरेका छैनन् भनी प्रतिक्रिया दिनुभएको थियो ।
क्यूजन शहर साउन्टेघरका बासिन्दाले खाद्यन्न नपाएको भन्दै २ हप्ता अगाडि देखि प्रदर्शनमा उत्रिएका छन् । स्वास् अधिकारीहरुले बुधबारसम्म २ हजार ३ सय ११ जनामा संक्रमणको पुष्टि भएको र ९६ जनाको मृत्यु भएको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि लुजन टापू लकडाउन गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत