हङकङमा बिरालोमा कोरोना भाइरस (कोभिड नाइन्टिन) संक्रमण
अ +
अ -
काठमाडौं, १९ चैत । हङकङमा बिरालोमा कोरोना भाइरस रोग कोभिड नाइन्टिनको संक्रमण देखिएको छ । कुनै पनि लक्षण नदेखिएको बिरालोमा परीक्षण गर्दा कोरोना भाइरस रोगको सक्रमणको पुष्टि भएको कृषि मत्स्यय तथा संरक्षण विभागले जानकारी दिएको अन्तर्राष्टि्य सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि दुई वटा कुकुरमा मध्यम खालको लक्षण सहित पोजेटिभ देखिएको थियो । विभागले संक्रमितका घरमा रहेका कुकुर बिरालोलाई क्वारेन्टाइनमा राख्न र लक्षण देखिएमा खबर गर्न आग्रह गरेको छ । कोरोना भाइरस रोग जनावरबाट मानिसमा सरेको भनिए पनि कुन जनावरबाट सरेको पुष्टि भएको छैन ।
तपाईँको अभिमत