देशभरका समितिलाई हट लाइन सञ्चालन गर्न हानको अपिल
काठमाडौं, १९ गते । हेल्थ असिस्टेन्ट संघ नेपाल(हान)ले लकडाउनको समयमा स्वास्थ्य संस्थाहरुमा जान समस्या भइरहेकाले फोनबाटै परामर्श सेवा प्रवाह गर्नका लागि देशभरका आफ्नो समितिलाई हट लाइन सेवा सञ्चालन गर्न अपिल गरेको छ । संघका अध्यक्ष दाताराम अधिकारीले विज्ञप्ति निकालेर लकडाउनमा अन्य स्वास्थ्य समस्या समाधानका लागि फोनबाट नै परामर्श सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा न्यूनतम सुरक्षाका सामग्री बिना कति पनि बिचलित नभई क्रियाशिल भई सेवा प्रदान गरेको हार्दिक आभार व्यक्त गर्दै अबका दिनमा पनि कोरोना भाइरस रोकथाम र उपचारमा लागि पर्न आग्रह गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले ललितपुर हानले आजैबाट हटलाईन सेवा सुरु गरेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत