स्पेनमा पछिल्लो २४ घण्टामा ८ सय ४९ जनाको मृत्यु, अहिलेसम्मकै उच्च
अ +
अ -
काठमाडौं, १८ चैत । स्पेनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म उच्च मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ४९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिणी युरोपमा महामारी देखिएयता स्पेनमा भएको यो मृत्यु संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य मन्त्रालयका अनुसार स्पेनमा मृत्यु हुनेको संख्या ८ हजार १ सय ८९ पुगेको छ भने ९४ हजार ४ सय जनामा संक्रमणको पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत