बिरामीकाे उपचारै नगरी अन्त सिफारिश गर्ने निजी अस्पताललाई कारवाही गर्छाैं : स्वास्थ्यमन्त्री ढकाल
उहाँले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको ....
काठमाडौँ, १७ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस रोग (कोभिड– नाइन्टिन ) को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उहाँले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भन्नुभयो । हिजो र आजको दर देखाएर अनियमितता गर्यो भन्ने कुरा जायज नभएको उहाँको भनाइ थियो ।
उहाँले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गर्नुभयो । ‘‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’’, उहाँले भन्नुभयो, ‘‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ । त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने छु ।’’
अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर
उहाँले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको समेत बताउनुभयो । ‘‘औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’’ उहाँले भन्नुभयो, ‘‘यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु । यसको पनि सामना गर्न तयार छु ।’’
उहाँले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट गर्नुभयो । ‘‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो । त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’’ उहाँले भन्नुभयो ,‘‘ तर छलफलका क्रममा दुई वटामध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषधि ल्याउन सक्दिन भन्यो ।
हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ ।
बाँकी वैधानिक रुपमा आएको एक कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो ।’’ मन्त्री ढकालले अर्काे प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताउनुभयो ।
थपिएको समय उच्च जोखिममा
उहाँले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताउनुभयो । उहाँले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड–१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज हुने धारणा राख्नुभयो । ‘‘यो भाइरस १४ दिनमा लक्षण देखाउँछ । अहिलेको लकडाउनले १४ दिनको अवधि पूरा गर्दछौँ । सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ ।
‘‘ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिन भन्न पाउँदैनन् ।
यो भाइरस झाँगिन नपाए जोखिमको खतराबाट सुरक्षिततिर (सेफ साइड) मा हामी फर्कने छौँ’’, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भन्नुभयो, ‘‘तर विदेशबाट आएका सक्रङ्मितसँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो सङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ ।’’ स्वास्थ्यमन्त्रीले विश्वमा नै रोकथाम गर्न नसकिरहेका अवस्थामा अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो । उहाँले कोरोना अस्पतालमा निधन भएकाको पनि कोरानाको कारणले निधन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आतंक र अविश्वास पैदा गर्ने बताउनुभयो ।
निजीलाई कडाइ
उहाँले निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिश गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चारपाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिनुभयो । ‘‘ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिन भन्न पाउँदैनन् । बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्दछ ’’, उहाँले भन्नुभयो, ‘‘अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड–१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेको छौँ ।’’ स्वास्थ्यमन्त्रीले कोरोना भाइरसविरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत