कोरोनाको संक्रमण २ सय ३ देशमा फैलियो : विश्व स्वास्थ्य संगठन
काठमाडौं, १७ चैत । चीनको हुबेईमा पहिलो पटक देखिएको कोरोना भाइरस रोगको संक्रमण विश्वको २ सय ३ वटा देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मार्च ३० अर्थात यो समाचार तयार पार्दासम्म संक्रमणको संख्या ६ लाख ३८ हजार १ सय ४६ पुगेको छ भने मृतकको संख्या ३० हजार १ सय ५ पुगेको छ । उपचारपछि झण्डै डेढ लाख मानिस निको भएका छन् ।
संक्रमण अमेरिका लगायत युरोपमा तिब्र देखिएको छ । सीएनएनका अनुसार कोरोनाका कारण अमेरिकामा २ हजार ४ सय ८६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने १ लाख ४१ ह्जार ९ सय ९५ जनामा संक्रमण देखिएको छ ।
यसैगरी विश्वमा नै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ भने संक्रमितको संख्या ९७ हजार ६ सय ८९ रहेको छ ।
इटालीपछि कोरोनाबाट अति ग्रस्त देश स्पेनमा ६ हजार ५ सय २८ जनाको मृत्यु भएको छ भने ७८ हजार ७ सय ९७ जनामा संक्रमणको पुष्टि भएको छ । जर्मनी, फ्रान्स, इरान, बेलायत स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देश कोरोनाबाट धेरै प्रभावित भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत