इन्फ्लुएन्जाको लक्षण देखिएमा स्वास्थ्यकर्मी बिदामा बस्नु : स्वास्थ्य सेवा विभाग(पत्र सहित)
हेर्नुहोस् पत्र

फोटो : जगन्नाथ ढकाल
अ +
अ -
काठमाडौं,१६ चैत । स्वास्थ्य सेवा विभागले इन्फ्लुएन्जाको लक्षण देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिदामा बस्न निर्देशन दिएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विज्ञप्ती निकालेर कोरोना भाइरस रोगको महामारी बढ्दै गएकाले इन्फ्लुएन्जाको लक्षण देखिएमा कम्तिमा १० दिन वा सञ्चो नभएसम्म बिदा दिई आवश्यक निगरानीमा राख्न देशभरमा अस्पताललाई निर्देशन दिनुभएको हो ।
यसैगरी महानिर्देशक श्रेष्ठले मधुमेह, उच्च रक्तचाप , दम ,श्वास प्रश्वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीलाईहरुलाई कोरोनाका शंकास्पद बिरामीको उपचार र व्यवस्थापन सम्बन्धी काममा सहभागी नहुन पनि निर्देशन दिनुभएको छ ।
हेर्नुहोस् पत्र:
हेल्थपाटी 
तपाईँको अभिमत