अब सातवटै प्रदेशमा कोरोना भाइरसको परीक्षण
अ +
अ -
काठमाडौ १६ चैत । सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । त्यसको लागि प्रदेश मातहत रहेका अस्पतालका प्रयोगशालालाई स्तरवृद्धि गरी परीक्षण गर्न लागेको हो । प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबारबाट कोरोना भाइरस परीक्षण सुरु भइसकेको छ ।
प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, प्रदेश ५ को बटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रयोगशाला स्थापना हुने भएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले सातवटा प्रदेशमा कोरोना परीक्षण गर्न आवस्यक सामाग्री आइसकेको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत