कोरोनाले संकट निम्त्याएपछि जर्मनीका अर्थमन्त्रीद्वारा आत्महत्या
काठमाडौं, १६ चैत । कोरोना भाइरसको संक्रमणबाट देशको अर्थतन्त्र डामाडोल बनेपछि डिप्रेसनमा पर्नुभएका जर्मन हेस्से राज्यका अर्थमन्त्री थोमस स्केफरले आत्महत्या गर्नुभएको छ । कोरोना संक्रमणबाट राज्यको अर्थतन्त्रमा पर्नसक्ने प्रभाव निकै अत्यासलाग्दो रहेपछि यसबाट कसरी मुक्त हुने भन्ने विषयले उहाँ डिप्रेसनमा पर्नुभएको थियो । स्थानीय चिकित्सकहरुलाई उद्धृत गर्दै दि लोकल डट डे नामको स्थानीय अन्लाइनले अर्थ मन्त्रीले आत्महत्या गरेको समाचार लेखेको छ ।
सो राज्यका आधिकारिक प्रवक्ताले मन्त्रीको आत्महत्या र त्यसको कारण भनी यी तथ्यहरु सार्वजनिक गर्नुभएको छ । ५४ वर्षीय साफरलाई शनिवार रेल्वे ट्याक नजिकै मृत अवस्थामा फेला पारिएको थियो । उहाँले आत्महत्या गरेकाे दाबी गरिएको छ । त्यहाँका क्याबिनेटका एक सदस्य प्रिमियर भोल्करले मन्त्रीको मृत्युमा प्रतिक्रिया दिंदै भन्नुभयो ‘हामी स्तब्ध छौँ । हामीलाई यो खबर पत्यार नै लागिरहेको छैन ।’
हेसेमा निकै ठूलो बैंक ड्यूस तथा कमर्ज बैंक लगायतका ठूला बैंकहरुको हेडक्वार्टर समेत रहेको छ । यहाँ फ्र्यान्कफर्ट रहेको छ, जहाँ युरोपीय सेन्ट्रल बैंक पनि छ । स्केफरले कोरोना भाइरसका कारण अर्थव्यवस्थामा भएको नोक्सानीसँग लड्नका लागि दिनरात काम गरिरहनुभएको थियो । त्यहाँ टाट पल्टँदै गएका कम्पनी र कामदारहरुलाई सहयोग गर्नुहुन्थ्यो । वोल्करले भन्नुभयो– ‘हामीले आज यो स्वीकार गर्नुपर्छ कि उहाँ पछिल्लो समय निकै बेखुश हुनुहुन्थ्यो । उहाँ हाम्रा लागि खास व्यक्ति हुनुहुन्थ्यो, यस्तो बेलामा झनै बढी आवश्यक पर्थ्याे, तर आज यस्तो भयो ।
हेल्थपाटी
तपाईँको अभिमत