पाँचौँ संक्रमितको कुँडुल्ले गाउँ विशेष निगरानीमा, युवकको स्वाब संकलन
परिवारको स्वाब परीक्षण गरिँदै
त्रसित भएका स्थानीयलाई घरमा नै बस्न र यदि कुनै लक्षण देखिएमा तुरुन्तै सम्पर्क गर्न उहाँले अपिल गर्नुभयो ।
काठमाडौं, १६ चैत । नेपालमा कोरोनाको पाँचौँ संक्रमित बाग्लुङकी १९ वर्षकी युवतीको उपचार धौलागिरी अञ्चल अस्पतालमा भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । बेल्जियमबाट फर्किएपछि १२ दिनको बीचमा उहाँले करिव ५ सय मानिसलाई भेटेको पाइएको छ । स्रोतका अनुसार युवतीले गाउँमा चकलेट बाँड्नुका साथै पूजामा सहभागी हुनुभएको थियो ।
युवतीसँँगै आउनुभएकी बृद्धाको भने स्वाब संकलन गर्न बाँकी छ ।
युवतीको सम्पर्कमा आएका स्थानिय र कुँडुल्ले गाउँ विशेष निगरानीमा रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिनुभयो । उहाँका अनुसार युवतीलाई कोरोना पुष्टि भएपछि त्रसित भएका स्थानीयलाई घरमा नै बस्न र यदि कुनै लक्षण देखिएमा तुरुन्तै सम्पर्क गर्न उहाँले अपिल गर्नुभयो ।
युवती सवार एउटै विमानमा नेपाल आउनुभएका एक युवकको नमुना (स्वाब) संकलन गरिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी भएको छ । युवकलाई केही दिन अगाडि रुघाखोकी लागेको र अहिले निको भइसकेको बताइएको छ । यसैगरी युवतीसँँगै आउनुभएकी बृद्धाको भने स्वाब संकलन गर्न बाँकी छ । बृद्धालाई अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएको छैन ।
यसैगरी युवतीको आमा, बुवा, हजुर बुवा, हजुरआमा, दिदी, दिदीको छोराछोरी गरि ७ जनालाई घरमा नै क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि स्वाब परीक्षण हुन बाँकी छ । युवतीको हजुरबुवा हजुरआमा ७७ वर्ष उमेर भन्दा माथिको रहेको र हजुरआमामा मधुमेह र दमको समस्या रहेको बुझिएको छ । यद्यपि परिवारका कोही पनि सदस्यलाई कोरोनासँग मिल्ने कुनै पनि लक्षण देखिएको छैन ।
१९ वर्षकी युवती चैत ४ गते कतार एयरको क्यूआर ६५२ विमान मार्फत काठमाडौं आउनुभएको थियो । तर युवतीमा कोरोनाको पुष्टि नेपाल आएको १२ दिनमा मात्रै भयो ।
हेल्थपाटी 
तपाईँको अभिमत