काठमाडौंमा १२ जना आइसोलेसनमा, बिरामी नहेरे अस्पताललाई कार्वाही
हालसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा मात्रै रिपोर्ट पोजेटिभ देखिएको
काठमाडौं, १६ चैत । काठमाडौं उपत्यकामा १२ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा २ जना संक्रमित सहित ५, पाटनमा ६ र कान्तिमा १ जना आइसोलेसनमा रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले हालसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा मात्रै रिपोर्ट पोजेटिभ देखिएको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा गरिएको नमुना परीक्षणमा थप कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको भन्दै विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो ५ दिनमा कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको बताउनुभयो । चौथो संक्रमित सम्मको सबै विवरण प्राप्त भइसकेको जानकारी दिनुभयो । यसैगरी प्रवक्ता देवकोटाले गम्भीर अवस्थाका बिरामीलाई कुनै पनि अस्पतालले भर्ना गर्नुपर्ने र यदि नगरिएमा कार्वाही गरिने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत