बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु
अ +
अ -
बुटवल, १६ चैत । कोरोना भाइरसको संक्रमणको आशंकामा भर्ना गरिएका एक व्यक्तिको बुटवलमा रहेको कोरोना अस्पतालमा मृत्यु भएको छ। अस्पतालले दिएको जानकारी अनुसार कोरोना विशेष अस्पतालमा क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिय युवकको मृत्यु भएको हो।
उहाँ शुक्रबार मात्र भर्ना हुनुभएको थियो । आजमात्र उहाँको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । उक्त युवक चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आउनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत