पाँचौँ कोरोना संक्रमितलाई लिन पोखराबाट एम्बुलेन्स जाँदै
काठमाडौं, १६ चैत । बाग्लुङकी पाचौँ कोरोना संक्रमित १९ वर्षकी युवतीको उपचारमा समस्या भएको छ । घरमा नै क्वारेन्टाइनमा रहनुभएकी युवतीलाई कोरोनाको पुष्टि भएपछि हिजौ नै धौलागिरि अञ्चल अस्पताल ल्याइएको थियो । तर अस्पतालमा उपचारका लागि चाहिने अत्यावश्यक पीपीई लगायतका मेडिकल सामग्री नभएकाले समस्या भएको छ । अस्पतालमा एउटा मात्रै आइसियु रहेको छ ।
स्रोतका अनुसार संक्रमितलाई लिन पोखराबाट एम्बुलेन्स गएको छ । पोखरा वा काठमाडौं ल्याउने अथवा सोही अस्पताललाई आवश्यक सामग्री उपलब्ध गराएर उपचार गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि धौलागिरि अञ्चल अस्पतालमा आवश्यक स्रोत र साधन नभएकाले संक्रमित युवती पनि आत्तिनु भएको छ । बाग्लुङका मेयर जनकराज पौडेलले संक्रमित युवती अहिले अञ्चल अस्पतालमा रहेको बताउँदै अब कहाँ उपचार गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग निरन्तर कुरा भइरहेको र छिटै नै यसको निक्र्यौल हुने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत