कोरोना संक्रमित आमाले जन्माउनुभयो जुम्ल्याहा शिशु कोरोना र भाइरस
काठमाडौं, १६ चैत । मेक्सिकोमा कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चाको जन्म दिनुभएको छ । ३४ वर्षकी अन्नामारिया जोसे राफेलले एक छोरा र एक छोरीको जन्म दिनुभएको हो । आफू कोरोनाबाट संक्रमित भई शिशु जन्मिएपछि ती महिलाले दुई बच्चाको नाम कोरोना र भाइरस राख्नुभएको दि सिटिजनले जनाएको छ । संक्रमणपछि मेक्सिकोको जनरल ला भिला अस्पतालमा उपचाररत राफेलले जुम्ल्याहा शिशुको जन्म दिनुभएको हो ।
राफेलका अनुसार उहाँले शिशुको नामका बारेमा कुनै योजना बनाउनुभएको थिएन । चिकित्सकले मजाक गरेर कोरोना र भाइरस राख्न सुझाएको र आफूलाई पनि नाम एकदमै मन परेकाले आफ्ना जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राख्नुभएको हो । राफेलले भन्नुभयो, जब मलाई संक्रमण भएको थाहा पाएँ मैले शिशुहरुलाई अमेरिकी नागरिकको रुपमा अर्काे हप्ता अमेरिकामा जन्माउन चाहेकी थिएँ ।
डा. इदुरदो कास्टिल्सले भन्नुभयो मैले शिशुहरुको नाम कोरोना र भाइरस राख्ने कि भनेर मजाक गरेको राफेलले यसलाई गम्भीर रुपमा लिनुभएछ र मलाई नाम एकदम मनपर्यो भनेर शिशुको नाम नै कोरोना र भाइरस राख्नुभयो ।
शनिबार बिहान करिव २ बजेतिर दुई शिशुको जन्म दिनुभएको थियो । छोरीको नाम कोरोना र छोराको नाम भाइरस राखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत