बिहान ५ः३० मा नेपाल आइपुग्यो मेडिकल सामग्री बोकेको विमान
काठमाडौं, १६ गते । कोरोना भाइरस रोगको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री नेपाल ल्याइएको छ । सामग्री लिन नेपाल एयरलाइन्सको विमान चीन गएको थियो । सामान बोकेर चीनको गोन्जाऊबाट सवा १ बजे उडेको विमान बिहान ५ बजेर ३१ मिनेटमा अवतरण भएको थियो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा एन ९५ मास्क, गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्ममिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, रिएजेन्ट, परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।
यसैगरि सोही विमानमा चीनले सहयोग गरेको मेडिकल सामग्री नेपाल ल्याइएको छ । सिचुवान प्रान्तको सरकार, सिचुवान लगानीकर्ता तथा दूतावासले गरेको सहयोगको मेडिकल सामग्री नेपाल ल्याइएको हो । ज्याकमा र अलिबाबा फाउण्डेसनले मास्क सहित रोकथामका लागि प्रयोग हुने सामग्री सहयोग गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत