कतारमा कोरोनाका कारण पहिलो मृत्यु, ५ सय ९० मा संक्रमण
अ +
अ -
काठमाडौं, १६ चैत । कतारमा पहिलो पटक कोरोनाको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५७ वर्षका बंगलादेशी नागरिकको संक्रमणबाट मृत्यु भएको हो । मृत्यु भएका बंगलादेशी नागरिकमा पुरानो स्वास्थ्य समस्या रहेको जानकारी समाचार संस्था क्यूएनएलाई उद्रृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कतारमा आजै थप २८ जनामा संक्रमणको पुष्टि भएको छ । यो सँगै कतारमा संक्रमितको संख्या ५ सय ९० पुगेको छ । कतारमा संक्रमण पुष्टि हुनेका अधिकांश प्रवासी कामदार रहेका छन् । संक्रमण बढेपछि औद्योगिक क्षेत्र बन्द गरि कामदारहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कतारमा हालसम्म ४५ जना उपचारपछि निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत