कोरोनाको कारण स्पेनकी राजकुमारी मारिया टेरिसाको निधन
काठमाडौं, १५ चैत । कोरोना भाइरस रोगको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरिसाको निधन भएको छ । ८६ वर्षकी टेरिसाको कोरोना संक्रमणका कारण शुक्रबार हिजो निधन भएको जानकारी उहाँका भाइले दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोनाका कारण पहिलो पटक राजपरिवारका सदस्यको मृत्यु भएको हो । मारिया टेरेसाको जन्म पेरिसमा सन् १९३३ जुलाई २८ मा भएको थियो ।
स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ
स्पेनमा बिहीबार र शुक्रबार गरि २ दिनमा ७ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ९० पुगेको छ । संक्रमणको संख्या ७२ हजार २ सय ४८ पुगेको छ ।
यसैबीच स्पेनमा संक्रमण बढेपछि अत्यावश्यक सेवामा कार्यरत बाहेकका सबै कामदारलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले अर्काे २ हप्तासम्म घरभित्रै बस्न निर्देशन दिँदै सबैलाई पूरा तलव दिइने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत