कान्ति अस्पतालमा भर्ना भएका सबैको रिपोर्ट कोरोना नेगेटिभ

अ +
अ -
काठमाडौं, १५ चैत । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको आइसोलेशन वार्डमा कोरोना भाइरस रोग (कोभिड नाइन्टिन) को आशंकामा भर्ना भएका ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोराना परीक्षणका लागि स्वाब पठाइएकोमा शुक्रबार आठ र शनिबार एक जनाको रिपोर्ट नेगेटिभ आएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले आज रिपोर्ट नेगेटिभ आएकोलाई भोलि डिस्चार्ज गरिने बताउनुभयो । यसअघि रिपोर्ट नेगेटिभ आएका आठै जना डिस्चार्ज भइसकेका छन् ।
तपाईँको अभिमत