इटालीमा एकैदिन ९ सय १९ काे मृत्यु, ४४ सय संक्रमित: इतिहासमै उच्च
अ +
अ -
काठमाडौं, १५ चैत । इटालीमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्मकै उच्च मृत्यु भएको छ । इटालीमा भएको यो मानवीय क्षति विश्वमा कोरोना संकट सुरु भएदेखिकै सर्वाधिक हो । एकैदिन ९ सय १९ जनाको मृत्यु हुनुका साथै ४ हजार ४ सय १ जनामा संक्रमणको पुष्टि भएको छ ।
संक्रमणको उद्गम स्थल चीनको युहानमा पनि एकै दिन यति ठूलो संख्यामा मानवीय क्षति भएको थिएन । नागरिक संरक्षण एजेन्सीले इटालीमा मृत्यु हुने संख्या ९ हजार १ सय ३४ पुगेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमणको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत