कोरोनाको औषधिको पहिलो प्रयोग नर्वे र स्पेनमा : विश्व स्वास्थ्य संगठन
काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठनले कोरोनाको औषधि बिरामीमा परीक्षण गर्ने भएको छ । जेनेभामा आयोजित नियमित पत्रकार ब्रिफिङमा महानिर्देशक डा.अधानोम टेड्रोसले तत्कालै उपचारका लागि छुट्टाछुट्टै चार औषधिको पहिलो प्रयोग नर्वे र स्पेनमा गर्न लागेको घोषणा गर्नुभएको हो ।
उहाँले कोरोना विरुद्धको खोप तयार हुन १२ महिनादेखि १८ महिना लाग्ने हुँदा तत्काल उपचारका लागि औषधिको प्रयोग गर्न परीक्षण सुरु गर्न लागेको बताउनुभयो ।
महानिर्देशक टेड्रोसले ब्रिफिङमा भन्नुभयो, ४५ वटा देशले परीक्षणमा सहभागी हुने बताइसकेका छन् अन्य देशहरुले पनि परीक्षणका लागि इच्छा देखाएका छन् यो परीक्षण जति धेरै संख्यामा गर्न सकिन्छ उति नै यसको नतिजा छिटो र प्रभावकारीता देखिनेछ । महानिर्देशक टेड्रोसले यो परीक्षण ऐतिहासिक हुने भन्दै परीक्षण पश्चात औषधिको प्रभावकारीताबारे अध्ययन गरिने बताउनुभयो । औषधिका सम्बन्धमा यसअघि कागजमा मात्रै भनिदै आएकोमा अहिले प्रत्यक्ष बिरामीको परीक्षण गरि यसलाई व्यवहारिक बनाउने उहाँले बताउनुभयो ।
यसअघि इबोला प्रकोपका समयमा पनि औषधिको परीक्षण गरिएको थियो । सो परीक्षणमा कुनै औषधिले राम्रो काम गर्यो कुनैले गरेन तर पनि प्रमाणका लागि परीक्षण गर्नैपर्छ महानिर्देशक टेड्रोसले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत