कान्ति बालअस्पताललाई व्यक्तिगत सुरक्षासामग्री (पिपिई) सहयोग
हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनको
अ +
अ -
काठमाडौं, १४ चैत । हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले (हेसेफ ३६०) ले कान्ति बालअस्पताललाई १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले कान्ति बालअस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त पिपिई हस्तान्तरण गर्नुभयो।
फाउण्डेशनका अध्यक्ष नकर्मीले अस्पताललाई थप पिपिई पनि प्रदान गरिने जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले हेल्थ इन्भाइरोमेन्ट क्लाइमेट एक्सन फाउण्डेशनले (हेसेफ ३६०) ले सहयोग गरेको पिपिईले अस्पतालमा स्वास्थ्यकर्मीलाई प्रयोग गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्य संघसस्थाहरुबाट पनि पिपिई सहयोग आइरहेको जानकारी दिँदै तत्काललाई पिपिई व्यवस्थापन गरिएको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत