कोरोना संक्रमितसँग सम्पर्कमा आएका कसैलाई पनि लक्षण देखिएको छैन
सबै सरकारको निगरानीमा
अ +
अ -
काठमाडौं, १४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पुष्टि भएका दुबै बिरामीको सम्पर्कमा आएका सबैजना सरकारको निगरानीमा रहेको बताएको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा.खेम कार्कीले पछिल्लो ५ दिनमा संक्रमण देखिएका दुई जनाको सम्पर्कमा आएका सबैजना सरकारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो ।
उहाँले आज दिउँसो ३ बजेसम्म कसैलाई पनि कोरोनोको लक्षण नदेखिएको र उनीहरु सरकारको उच्च निगरानीमा रहेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत