कान्ति बालअस्पतालमा भर्ना भएकामध्ये ८ को कोराना रिपोर्ट नेगेटिभ
अ +
अ -
काठमाडौं, १४ चैत । महाराजगञ्जस्थित कान्ति बालअस्पतालको आइसोलेशन वार्डमा कोरोना भाइरस रोग (कोभिड १९) को आशंकामा भर्ना भएका ९ जनामध्ये ८ जनाको कोराना भाइरस रिपार्ट नेगेटिभ आएको छ । ३ जनाको रिपोर्ट यसअघि नै आइसकेको थियो । बाँकी पाँच जनाको रिपोर्ट शुक्रबार दिउँसो नेगेटिभ आएको हो।
आइशोलेसन वाडमा भर्ना भएकामध्य अब बाँकी एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। उनीहरुको स्वाब परीक्षण का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । कान्तिबाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले आठ जनाकै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो। आइसाेलेशनमा भर्ना भएकाहरुलाइ कोरोना भाइरसको आशंकामा उपचार गरिएको थियो । ९ मध्ये २ जना भारतको हरियाणाबाट आएका हुन् ।
हेल्थपाटी
तपाईँको अभिमत