कान्तिको आइसाेलेशनमा भर्ना भए ९ जना, तीनको रिपोर्ट नेगेटिभ
स्वास्थ्यकर्मी पनि कोरोनाको त्रासमा
काठमाडौ,१४ चैत । महाराजगञ्जस्थित कान्तिबाल अस्पतालको आइसोलेशन वार्डमा कोरोना भाइरस रोग (कोभिड १९) को आशंकामा भर्ना भएका नौं जनामध्ये तीनजनाको रिपार्ट नेगेटिभ आएको छ । बाँकीको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कान्तिबाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले तीनजनाको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसको आशंकामा उपचार भइरहेकामध्ये केही भारत लगायतका देशबाट नेपाल आएको बताउनुभयो । उनीहरुको यात्रा गरेको आएको स्थान, लक्षण लगायतका आधारमा कोरोनाको आशंका गरी उपचार भइरहेको जानकारी दिनुभयो । निर्देशक डा. पौडेलले अस्पतालमा नर्स, चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुमा कोरोना सर्नसक्ने सन्त्रास बढेको बताउनुभयो ।
हामीलाई नर्स, चिकित्सकलाई काममा लगाउन गाहे भइसक्यो, निर्देशक डा. पौडेलले भन्नुभयो, धेरैले विभिन्न बहाना बनाएर विदा मागिरहेका छन् । डा. पौडेलले हालसम्मलाई पिपिइको समस्या नरहेको जानकारी दिँदै केही दिनलाई पुग्ने पिपिइ अस्पतालमा रहेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत